हेटौडा अस्पतालका डाक्टरहरुको नतिजा नेगेटिभ

टौडा:- हेटौडा अस्पतालवाट कोरोना संक्रमित विरामी उपचारपछि रिफर गरेपछि हेटौडा अस्पतालका सवै स्वाथ्यकर्मीहरुको हिजो र आज गरिएको पिसिआर परीक्षणमा १२ जना स्वाथ्यकर्मीहरुको नतिजा नेगेटिभ आएको छ ।
हिजो शुक्रवार परीक्षण गरिएका अस्पताल ईमरजेन्सीका डाक्टर तथा अन्य स्वाथ्यकर्मीसवैको रिपोर्ट नेगेटिभ आएपनि शुरक्षाको लागि हेटौडा ११ हेटौडा एकेडेमीको आइसोलेसनमा राखिएको छ ।
यहा परीक्षण गरिएका मध्ये १२ जनाको नतिजा नेगेटिभ आएको र अन्यको नतिजा भोलाी आउने हेटौडा अस्पतालका डा. हरि खड्काले वताउनु भयो ।
आइतवार विहान हेटौडा अस्पतालको इमरजेन्सीमा उपचाररत एक जना विरामी काठमान्डौमा कोरोना देखिएपछि हेटौडा अस्पतालका सवैजसो कर्मचारीको परीक्षण शुरु गरिएको थियो ।