हेटौडाको चौकीटोलमा एक महिला कोरोना संक्रमित

हेटौडा :- लामो समयदेखि सुरक्षीत देखिएको हेटौडामा एक पछि अर्को कोरोना संक्रमितहरु फेला पर्न थालेका छन् । आजमात्र हेटौडा १ चौकीटोलमा एक महिलामा कोरोना संक्रमण पुष्टी भएको छ ।
हेटौडा १ चौकीटोलमा घर भएकी २५ वर्षिय गर्भवती महिलालाइ कोरानो संक्रमण पुष्टी भएको हेटौडाको आइसोलुसन इन्चार्ज भोला चौलागाँइले वताउनु भयो ।
चौकीटोल घर भएपनि लामो समय चितवन वस्दै आएकी संक्रमित महिला यही ९ गते चितवनवाट परिवार सहित हेटौडा आएका थिएभने १० गतेनै उनीहरुको स्याव परीक्षण गरिएको थियो । उनको स्वाव परीक्षण हेटौडाको कोरोना ल्यावमा गर्दा संक्रमण पुष्टी भएको हो । उनको श्रीमानको पनि परीक्षण गरिएको छ भने चौकीटोल क्षेत्रमा सिल गर्ने तयारी गरिएको छ भने संक्रमित महिलालाइ लिन एम्वुलेन्स पठाइएको र उनलाइ उपचारको लागि भरतपुर पठाउने तयारी गरिएको छ ।