कोरोनादेखी डराउँदैनन् हेटौंडेलीहरु (फोटो फिचर)

हेटौंडा : विश्व कोरोना भाइरस (कोभिड–१९) बाट त्रसित बनिरहेका बेला हेटौंडाका स्थानियहरु भने कोरोनाको भय रहित भएका देखिएका छन् । नेपालमा समेत कोरोनाको संक्रमण बढिरहेको अवस्थामा हेटौंडाबासीहरु भने लकडाउनको नै खिल्ली उडाउँदै हिड्न छाडेका छैनन् ।
कोरोना संक्रमण फैलिन नदिन सरकारले लकडाउन गरेको ६५ औं दिन भइसक्दा समेत हेटौंडा भने सामान्य दिनहरु जस्तै देखिएको छ । मकवानपुरका प्रशासनलाई समेत लकडाउन कार्यान्वयन गराउन र हेटौंडाबासीहरुलाई नियन्त्रण गर्न धौ–धौ परेको छ । बुधबार नै चौकीटोलमा कोरोना संक्रमित भेटिदा समेत हेटौंडा बजार चहार्नेको संखयामा भने कमी आउन सकेका छैनन् ।
हेटौंडाको यो स्थितीले चाडैं नै हेटौंडा पनि बाँके र पर्सा जस्तै बन्न सक्ने स्वास्थ्यविद्हरु बताउँछन् ।
हेटौंडामा आजको लकडाउन (फोटो फिचर) :