भारत सबभन्दा बढी कोरोना संक्रमित हुने मुलुकको नवौँ स्थानमा, कुन देशमा कति ? (अपडेट)

बाग्मती खबर
१७ जेष्ठ २०७७, शनिबार ०७:२९

भारत : भारत सबभन्दा बढी कोरोना भाइरस (कोभिड–१९) संक्रमित हुने मुलुकको नवौँ स्थानमा पुगेको छ। टर्कीलाई उछिन्दै भारत नवौँ स्थानमा पुगेको हो।

जोन्स हप्किन्स विश्व विद्यालयको तथ्यांकअनुसार हालसम्म भारतमा १ लाख ७३ हजार ४९१ संक्रमित भेटिएका छन्। यो संख्या टर्कीभन्दा ११ हजार ३७१ ले बढी हो। संक्रमितमध्ये भारतमा ८२ हजार ६२७ निको भइसकेका छन् भने ४ हजार ९८० ले ज्यान गुमाएका छन्।

टर्कीमा ४ हजार ४८९ ले ज्यान गुमाएका छन्। त्यस्तै १ लाख २५ हजार ९६३ निको भएका छन्।

यसैगरी महामारीबाट सबभन्दा बढी आक्रान्त भएको मुलुक अमेरिकामा १७ लाख ४५ हजार ६०६ संक्रमित भइसकेका छन्। जसमध्ये ४ लाख ६ हजार ४४६ निको भएका छन्। त्यस्तै १ लाख २ हजार ७९८ को मृत्यु भएको छ।

अमेरिकापछि ब्राजिलमा सबभन्दा बढी संक्रमित भेटिएका छन्। हालसम्म ब्राजिलमा ४ लाख ६५ हजारभन्दा बढी संक्रमण पुष्टि भइसकेको छ। संक्रमितमध्ये १ लाख ८९ हजार ४७६ निको भएका छन् भने २७ हजार ८७८ ले ज्यान गुमाएका छन्।

ब्राजिलपछि रुसमा ३ लाख ८७ हजार ६२३ संक्रमित भेटिएका छन्। जसमध्ये ४ हजार ३७४ को मृत्यु भइसकेको छ भने १ लाख ५९ हजार २५७ निको भएका छन्।

यसैगरी बेलायतमा २ लाख ७२ हजार ६०७ संक्रमित भइसकेका छन्। संक्रमितमध्ये ३८ हजार २४३ को मृत्यु भएको छ भने १ हजार १७२ निको भएका छन्।

गत डिसेम्बरदेखि फैलिएको कोरोनाबाट हालसम्म विश्वभर ५९ लाख १९ हजार ३६४ संक्रमित भइसकेका छन्। जसमध्ये २४ लाख ९० हजार २२१ निको भएका छन् भने ३ लाख ६४ हजार ४५९ को ज्यान गएको छ।

सबभन्दा बढी संक्रमित हुने दस देशको आँकडा

अमेरिका
संक्रमित: १७,४५,६०६
मृत्यु: १,०२,७९८
निको: ४,०६,४४६

ब्राजिल
संक्रमित: ४,६५,१६६
मृत्यु: २७,८७८
निको: १,८९,४७६

रुस
संक्रमित: ३,८७,६२३
मृत्यु: ४,३७४
निको: १,५९,२५७

बेलायत
संक्रमित: २,७२,६०७
मृत्यु: ३८,२४३
निको: १,१७२

स्पेन
संक्रमित: २,३८,५६४
मृत्यु: २७,१२१
निको: १,५०,३७६

इटाली
संक्रमित: २,३२,२४८
मृत्यु: ३३,२२९
निको: १,५२,८४४

फ्रान्स
संक्रमित: १,८६,९२३
मृत्यु: २८,७१७

निको: ६७,९२१

जर्मनी
संक्रमित: १,८२,९२२
मृत्यु: ८,५०४
निको: १,६४,२४५

भारत
संक्रमित: १,७३,४९१
मृत्यु: ४,९८०
निको: ८२,६२७

टर्की
संक्रमित: १,६२,१२०
मृत्यु: ४,४८९
निको: १,२५,९६३

(स्रोतजोन्स हप्किन्स विश्वविद्यालय)