जेठ ३२ सम्म लकडाउन थप गर्ने सरकारको निर्णय

बाग्मती खबर
१७ जेष्ठ २०७७, शनिबार २१:१६

काठमान्डौ:-सरकारले जारी लकडाउन ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले लकडाउन ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको हो ।

त्यस्तै, बैठकले १३ असारसम्म अन्तर्राष्ट्रिय सिमानाका र विमानस्थल बन्द गर्ने निर्णय पनि गरेको छ ।