हेटौंडामा लकडाउन अवज्ञाको पराकाष्ठा : संक्रमण बढ्यो तर चेतना बढेन

हेटौंडा : नेपालमा कोरोना भाइरसको प्रकोप दिनानुदिन तिब्र संख्यामा बढ्दै गएको छ । दिन दुई गुणा अनि रात चौगुणा भनेझैँ कोरोना संक्रमण फैलिदै गएको तथ्याङ्क सार्वजनिक भइरहेको छ । तर बाग्मती प्रदेशको राजधानी हेटौंडाबासीहरुलाई भने न त कोरोनाले रोकेको छ न त लकडाउनले नै छेकेको छ ।
नेपालमा लकडाउन भएको ६९ दिन भइसक्दा पनि हेटौंडाबासीहरुलाई लकडाउनको अर्थ र कोरोनाले गर्न सक्ने हानीको बारेमा बुझाउन नै नसकिएको झै देखिएको छ । अझ भन्नुपर्दा लकडाउन त हेटौंडाबासीहरुलाई मनोरञ्जनको माध्यम जस्तै बनेको छ । बिहान ६ बजेदेखी ९ बजेसम्म अत्यावश्यक सामाग्री खरिद गर्ने समय तोकिएको भएपनि कोही भने सोही समय हेटौडा बजारमा लाग्ने भिड हेर्दै रमाइलो गर्न त, कोही मर्निङ वाल्कको बहानामा मनकामना मन्दिरसम्म घुमेर आउने गरेका छन् । बिहान ५ नबज्दै मनकामना मन्दिरमा भिड लाग्ने गरेको छ । अझ पछिल्लो समय कोरोनाको संक्रमण थपिदै जाँदा हेटौंडा भने झनै भिडभाडमय नै बनेको छ ।
नेपालमा हालसम्म १ हजार ५ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने कोरोना कै कारण ८ जनाको समेत मृत्यु भएको छ । प्रशासनले पनि लकडाउन कार्यान्वयन गराउन अनेकौ प्रयासहरु गरिरहेको छ । तर स्थानियहरु भने लकडाउन आफ्नो लागि नभई प्रशासनको लागि मान्नुपरेको झै गरि अटेर गर्ने गरेका छन् ।
हेर्नुहोस् हेटौंडामा लकडाउनको अवस्था (फोटो फिचर) :