कोरोना जितेपछि घर आउदै हेटौडाकी पौडेल

हेटौडा : अन्तत हेटौडा–४ बस्ने दुर्गा पौडेलले कोरोना संक्रमणलाइ जित्न सफल हुनु भएको छ । हेटौडा अस्पतालबाट जेठ ४ गते मुटु सम्बन्धी रोगको कारण काठमाडौं रिफर गरिएकी पौडेललाइ काठमाडौंमा कोरोना संक्रमण देखिएको थियो ।
काठमाडौंमा उपचारत पौडेलले १५ दिनमा कोरोनालाइ पराजित गर्न सफल भएकी हुन् । आजमात्र दोश्रो परीक्षणमा कोरोना नेगेटिभ आएपछि मंगलवार अस्पतालवाट डिस्चार्ज भइ हेटौडा आउन लागेको परिवारले जनाएको छ । उनलाई कोरोना पोजेटिभ देखिएपनि उनको परिवारको कसैलाइ पनि कोरोनाको संक्रमण देखिएको थिएन ।
उपचार राम्रो भएको र २ सातामा कोरोना पनि पराजित गर्न बिरामी सफल भएको श्रीमान संविधान सभा सदस्यमंचका संयोजक समेत रहेका पुर्व सांसद अनन्त पौडेलले बताउनु भयो । ‘बिरामी पुर्ण रुपमा निको भएको अवस्था हो अब मंगलबार हामी हेटौडा घर आउने छौ, यसबिचमा हामीलाइ सहयोग गर्ने सबैलाइ हार्दिक धन्यवाद दिन चहान्छु’ पौडेलले भन्नुभयो ।