मकवानपुरे खेलाडी अमिर : नेपाली क्रिस्टियानो रोनाल्डो

बाग्मती खबर
२० जेष्ठ २०७७, मंगलवार २२:००

हेटौंडा : जादुको माध्यमबाट सपना वास्तविक हुँदैन । सपना साकार बनाउन पसिना, दृढ संकल्प, र कडा परिश्रम चाहिन्छ । चाहे तपाईं जतिसुकै सफलताको शिखर चुम्नुहोस यदि तपाईमा धैर्यता छैन भने तपाइका ती सफलता र प्रतिस्ठा शुन्य बराबर रहन्छ । यी बिचारहरुलाई अमृत स्वरुप ग्रहण गरि अगाडि बढने ब्यक्तिहरु नै सफल बनेका छन । ति मध्य संघर्षको बाटोमा अगाडि बढी खेलकुद क्षेत्रमा नाम कमाएका खेलाडी हुन : अमिर श्रेष्ठ

अमिरको जन्म वि.स. २०४८ साल पुस १५ गते मकवानपुर जिल्लाको हेटौंडामा भएको थियो । उनको फुटबल प्रती भने सानै उमेर देखि अभिरुचि थियो । अमीरको फुटबल यात्रा विद्यार्थी जिवनबाट नै अगाडि बढयो । उनी कलिलो उमेर देखि बिद्यालय स्तरको प्रतियोगिताहरुमा सहभागी हुन्थे । फुटबल खेलाडी बन्ने, रास्ट्रिय टोलिबाट प्रतिनिधित्व गर्ने सपना उनमा बिगतका बाल्य अवस्था देखि नै रहेको थियो ।

पारिवारिक समर्थन उनका लागि न्यून नै थियो किन भने घर परिवारमा अमिरलाई अतिरिक्त क्रियाकलाप भन्दा पनि पढाइमा बढि प्राथमिकता दियोस भन्ने थियो। तर उसको जिद्दी माथी घर परिवारको केही लागेन । बि.स. २०६० सालमा मकवानपुर जिल्लाबाट यु १४ मा चुनिएर उनी पहिलो चोटि राजधानी आए । राजधानी आए लगतै उनी च्यासलमा रहेको एन्फा एकेडमीमा अवद्ध भए । बिस्तारै खेल पनि उत्तिकै सानदार बन्दै गयो ।

यु १४ , यु १६ रहदा उनले रास्ट्रिय स्तरको प्रतियोगिताहरुमा सहभागिता जनाउने संयोग हासिल गरे । फुटबलमा चाहिने सम्पुर्ण सीप र कौसल उनमा थियो जसले गर्दा उनको खेल देखेर प्रशिक्षक पनि उत्तिकै प्रभावित बने । उनको खेल राम्रो रहेकाले आफू भन्दा ठुलाबाट पनि भरपुर साथ सहयोग र स्नेह पाए । बिस्तारै उनी नेपालमा हुने घरेलु फुटबल प्रतियोगिता ए डिभिजन लिगमा खेल्ने अवसर प्राप्त गरे ।

उनले पहिलो चोटि २०६५ सालमा बिभाग्य टोली एपीएफबाट खेल्ने मौका पाए । सुरुका नयाँ दिनहरु निकै चुनौती पुर्ण थिए । बिस्तारै खेल सनसनीपुर्ण हुँदै गयो समर्थन पनि उत्तिकै हारहारीमा बढि रह्यो । त्यस पश्चात् २०६७–७० ४ वर्षको अवधी भने उनले मनाङ मर्स्याङ्दी क्लबबाट खेले । घरेलु प्रतियोगिताहरुमा ससक्त मानिने मनाङ मर्स्यङ्दीबाट खेल्न पाउदा उनीका लागि निकै खुसीको कुरा थियो । आमिर, जसलाई नेपाली क्रिस्टियानो रोनाल्डोको उपनाम दिईन्थ्यो जुन उनको वेग र प्राविधिक सीपका कारण थिए ।

उनी घरेलु फुटबलको एक स्थापित खेलाडी थिए । उसले राष्ट्रिय टोलीको प्रशिक्षण शिविरमा पनि सहभागीता जनाउँथे । तर त्यस्तो प्रतिभावान खेलाडीले कहिले र कसरी महसुस गरे कि नेपालमा फुटबल खेल्नु राम्रो भविष्यको लागि पर्याप्त छैनरु पक्कै पनि फुटबल जगतमा आएका विकृतिरविसंगतिले गर्दा हरेक खेलाडीमा मानसिक मद्धता रहेको पाइन्छ । अमिर पनि ती मध्य एक थिए । आफ्नो पेसागत पेसा त्यागेर पनि आमिर र अन्य नेपाली फुटबल सिताराहरूले यस सुन्दर खेललाई पूर्ण रूपमा छाडेका भने थिएनन ।

वि.स. २०७२ पश्चात उनीहरू एशियन कम्युनिटी फुटबल प्रतियोगिता (एसीएफटी) मा कतार फुटबल संघ (क्यूएफए) द्वारा डोहामा आयोजित वार्षिक फुटबल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गरे । यस टूर्नामेन्टमा एशियाली देशहरुबाट नेपाल, लेबनान, भारत, जोर्डन, चीन, थाईल्याण्ड, श्रीलंका, इन्डोनेसिया, दक्षिण कोरिया, फिलिपिन्स, जापान, र सिंगापुरबाट आएका आप्रवासीहरुको कुल १२ टोली रहेको थिए।

२०७४ सालमा उनी पुनः स्वदेश फर्किए, फुटबल जगतमा भएका पुर्वाधार एवम् विकासका परियोजनाहरुले गर्दा उनलाई नेपालमै खेल खेल्न मन लाग्ने बनायो । अहिले पनि उनी घरेलु प्रतियोगिताहरुमा च्यासलबाट नै खेल्दै गए । लकडाउनका दिनहरुमा उनी मकवानपुर स्थित आफ्नै निजि निवासमा रहेका छन ।

घर नजिकैको चौरमा उनी निरन्तर फिटनेस ट्रेनिङ गर्दछन । उनी भन्छन “मेरो भावी योजना मकवानपुर जिल्लामा एउटा सुविधा सम्पन्न फूटबल एकेडेमी खोलेर खेलाडी उत्पादन गर्ने रहेको छ । यो मेरो लागि सपना पनि हो । यसको लागि म अहिले देखि नै सचेत एवम क्रियाशिल रहेको छु ।”

स्रोत : अल स्पोर्टस् नेपाल

तस्विर : अमिर श्रेष्ठको फेसबुकबाट ।