हेटौंडामा कोरोनाको बेवास्ता : रहर कि बाध्यता ? (फोटो फिचर)

हेटौंडा : कोरोना भाइरस (कोभिड–१९) को कारण नेपालमा लकडाउन भएको आज ७२ दिन भइको छ । सरकारले अझै ११ दिन अर्थात जेठ ३२ गतेसम्म लकडाउन निर्धारण गरेको छ । यतिका दिन नागरिक घरमा नै बस्नु हेर्दा निक्कै गाह्रो छ ।
काम गरेर परिवारको गुजारा गर्ने हामी नागरिक यतिका दिन काम नै नगरी घर बस्नु भनेको ठुलै समस्या हो । झन मध्यम बर्गको परिवारलाई त अबको दिनमा के गर्ने र कता जाने अवस्था देखिएको छ । न्युन अवस्था भएकालाई त स्थानिय सरकार तथा विभिन्न संघसंस्थाललेराहत प्रदान गरिरहेको छ तर मध्यम स्तरका परिवार जो सामान्य व्यापार व्यवसाय गरेर बसेका हुन्छन् उनिहरुलाई त समस्या नै पर्ने देखिन्छ ।
आज बाट हेटौंडामा अधिकांश व्यवसायीले पसल खोलेर आफ्नो व्यवसाय सुरु गरे भने कतिपयहरु बिभिन्न बैंकहरुमा लामबद्ध देखिन्थे । कोरोना भाइरसको नियन्त्रणमा हेटौंडाका बैंकहरुले पनि त्यति चासो देखाएको छैन । बैंकभित्र केही सिमित सेवाग्राही मात्र प्रवेश गराउने गरेको छ तर बाहिर लाग्नेगरेको भिड कसैले देख्दैन ।
बैंक बाहिर लामबद्ध एक सेवाग्रहीलाई बाग्मतीखबरले किन यसरी भिडभाड गर्नुभएको ? तपाईलाई कोरोना लाग्ला की भन्ने डर लाग्दैन भनेर सोधेको प्रश्नमा उनले डर त लाग्छ नि तर के गर्नु भोकै मर्न पनि भएन भन्दै जवाफ दिए । लकडाउन थपिदै जाँदा घरमा भएको रासन पनि सकिएपछि बैंक मै भउको अलिअलि पैसा झिकेर रासन किन्नको लागि बैंकको लाइनमा बसेको उनको भनाई रहेको थियो ।
ति व्यक्ति त एक उदाहरणका पात्र मात्र हुन् । यहाँ लाइनमा बसेका सबैको समस्या एउटै छ । काम छैन, कहिँबाट पैसा आउँदैन, लकडाउन पनि सकिदैन तर घरमा रासनको अभाव देखिएको छ । तसर्थ बाध्यताकै कारण पनि कोरोनाको जोखिम मोलेर हेटौंडाबासी बैंकहरुमा लाईन बस्न बाध्य छन् ।
फोटो फिचर :