हेटौडामा ‘शिशा’को फ्रि–होमडेलिभरी

हेटौंडा : कोरोना भाइरसको कारण नेपालभर लकडाउन छ । लकडाउनका कारण सम्पुर्ण व्यवसाय बन्दा हुँदा व्यवसायीहरु भने समस्यामा परेका छन् । लकडाउन खुल्ने आशामा रहेका रेष्टुरेन्ट व्यवसायीहरुले लकडाउन लम्बिन थालेपछि व्यवसायको स्वरूप बदलेका छन् । लकडाउनको अवधि लम्बिएपछि हेटौंडा र आसपासका रेस्टुरेन्ट तथा क्याफेहरुले सुरक्षा अपनाएर घरमै खाना पुर्याउन (होमडेलिभरी) थालेका छन् ।
यस्तै हेटौंडामै पहिलोपटक शिशा लन्ज, क्याफे एण्ड रेष्टुरेन्टले मोबाइल एप निर्माण गरेर ग्राहकको अर्डरअनुसार घरमै खाजा पुर्याउने सेवा सुरु गरेको छ । शिशाले गत शनिबारदेखि उक्त सुविधा सञ्चालनमा ल्याएको हो । लकडाउन खुल्ने प्रतिक्षामा बस्दा व्यवसाय नै धरापमा परेपछि व्यवसाय चलाउने नयाँ उपाय प्रयोग गरिएको क्याफेका सञ्चालक बिबेक दाहाल ले बताए । फोनमार्फत होम डेलिभरी सुविधा दिँदा धेरैबेर बोलेर ग्राहकलाई सेवाबारे जानकारी दिनुपर्ने र समय बढी प्रयोग हुने भएपछि सहजताका लागि एप निर्माण गरिएको उनको भनाइ छ ।
उक्त एपमा खाजा अर्डर गरेपछि कति समयमा तयार भएर घरमा आइपुग्छ भन्ने जानकारी ग्राहकले पाउने र डेलिभरी गर्नुपर्ने स्थानबारे समेत एपमा नै बताउन सकिने सुविधा रहेको दाहालले बताए । होम डेलिभरी सेवा प्रदान गर्ने कर्मचारीका लागि पनि व्यक्तिगत सुरक्षा सामग्री को व्यवस्था गरिएको उनले जानकारी दिए । यस्तै भान्सामा काम गर्ने कर्मचारी र बाहिर काम गर्ने कर्मचारीबीच समेत सामाजिक दूरी कायम गरिएको सञ्चालक बताउँछन् ।