वातावरण दिवस बिशेष : देशकै हरित नगरी ‘हेटौंडा’ (फोटो फिचर)

हेटौंडा : आज ४८ औं विश्व वातावरण दिवस ‘सेलिब्रेट बायो डाइभर्सिटी’ अथवा ‘मनाऔँ जैविक विविधता’ भन्ने मुल नाराका साथ मनाइँदै छ । गत वर्षहरुमा भव्य कार्यक्रमहरु आयोजना गरेर विश्व वातावरण दिवस मनाउने गरिएतापनि यस वर्ष भने कोरोना भाइरसको कारण कुनै औपचारिक कार्यक्रमको आयोजना गरिएको छैन ।
देशकै हरित नगरीको रुपमा परिचित बाग्मती प्रदेशको राजधानी हेटौडा सडकका दुई छेउमा भएका अशोकका रुखकै कारण प्रख्यात छ । हालै हेटौंडा उपमहानगरपालिकाद्धारा भित्री सडकहरुमा समेत गमला राखेर रोपिएको फूल तथा कान्तिलोकपथमा डिभाइडरमा रोपिएका फूलहरुले सुनमा सुगन्ध थपिदिएको छ । लकडाउनका कारण सुनसान बनेको हेटौंडा बजार तिनै अशोकका रुखहरु र फूलका बिरुवाहरुले मनमोहक देखिएका छन् ।
हेर्नुहोस् हेटौंडा बजारका मनमोहक तस्बिरहरु :