प्रहरीको लागि मास्क र ग्लोव्स हस्तान्तरण

बाग्मती खबर
२७ जेष्ठ २०७७, मंगलवार ०९:५८

हेटौंडा:-घर जग्गा व्यावसायीसंघ मकवानपुरले हेटौंडाका प्रहरी र पत्रकारका लागि मास्क र ग्लोव्स उपलध गराएको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा आयोजित कार्यक्रममा केएन ९५ मास्क र ग्लोवस मुख्यमन्त्रीका प्रमुख राजनैतिक सल्लाहकार जेएन थपलियाले वाग्मती प्रहरी प्रमुख डिआइजी बसन्तकुमार लामालाइ हस्तान्तरण गर्नु भएको हो ।

घरजग्गा व्यावासायी संघ मकवानपुरका अध्यक्ष धुर्व घिमिरेमार्फत फिल्डमा हिड्ने पत्रकार तथा प्रहरीलाइ प्रयोग गर्ने गरि मास्क र ग्लोव्स हस्तान्तरण गरिएको हो ।

त्यसैगरी नेपाल पत्रकार महासंघ मकवानपुर मकवानपुर साखाका अध्यक्ष हरि हुमागाईलाई एक सय ५० थान केएन ९५ मास्क र एक सय ५० जोर ग्लोव हस्तान्तरण गरिएको हो ।

प्रदेश प्रहरी कार्यालयले मातहतका प्रहरीलाई र पत्रकार महासंघ मकवानपुरले जिल्लामा खटिने पत्रकारका लागि प्राप्त सामाग्री हस्तान्तरण गर्ने छन् । स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गर्दै थपलीयाले अहिलेको कोरोना त्रासको समयमा अग्रभागमा खटिने सुरक्षाकर्मी र पत्रकारका लागि सहयोग पुगेको वताउनुभयो । यसैगरि समाग्री हस्तान्तरण कार्यक्रममा वोल्दै डिआइजी लामाले यस प्रकारको सहयोगले प्रहरीको मनोवल उच्चहुने वताउनु भयो ।