नयाँ नक्साकाे स्वागतमा मुख्यमन्त्रीद्वारा दिप प्रज्वलन

बाग्मती खबर
३१ जेष्ठ २०७७, शनिबार २१:३७

हेटौंडा : बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नयाँ नक्साको स्वागतमा दिप प्रज्वलन गर्नुभएको छ । प्रतिनिधि सभाले नेपालको निशान छापमा नयाँ नक्सा समावेश गरेको विधेयक पारित गरेकोमा नयाँ नक्साको स्वागत गर्दै मुख्यमन्त्री पौडेलले दिप प्रज्वलन गर्नुभएको हो ।
लिम्पियाधुरा समेटिएको नेपालको नयाँ नक्सा सहित संशोधन प्रस्ताव सर्वसम्मत पारित भएको अवसरमा उहाँले सरकारी निवासमा दिप प्रज्वलन गरेर स्वागत गर्नुभएको हो । नयाँ नक्साको स्वागतमा प्रदेश राजधानी हेटौंडाका विभिन्न स्थानमा पनि दिप प्रज्वलन गरिएको छ ।