बागमतीको बजेट बहुमतले पारित

बाग्मती खबर
१९ असार २०७७, शुक्रबार १३:४१

हेटौंडाः- बागमती प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७७÷०७८ को विनियोजन विधेयक बहुमतले पास भएको छ । बागमती प्रदेश सरकारका मुख्यमन्त्री र मन्त्रीहरुले जवाफ दिएपछि बागमती प्रदेशको बजेट बहुमतले पारित भएको हो ।
मन्त्रीहरुको. जवाफ पछि नेकपा बाहेक सबै दलहरुले बजेटमा असहमती जनाएपनि नेकपाको स्पष्ट बहुमत भएकोले बजेट पास भएको हो । बजेटमा नेपाली कांग्रेस, विवेकशील साझापार्टी, नेमकिपा, राप्रपा, राप्रपा संयुक्त र एक स्वतन्त्रले बजेटको विपक्षमा रहेका थिए ।
बागमती प्रदेश सरकारले आर्थिक वर्ष ०७७÷७८ का लागि ५१ अर्ब ४२ करोड ७४ लाख ९४ हजार रुपैयाँको बजेट ल्याएको छ । बागमती प्रदेश सरकारले अघिल्लो ०७६÷०७७ को भन्दा ३ अर्ब ८२ करोड बढी बजेट ल्याएको हो। गत आवमा ४७ अर्ब ६० करोड ७८ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । ०७७÷०७८ मा प्रदेश सरकारले चालुतर्फ २६ अर्ब २८ करोड ७३ लाख रुपैयाँ अर्थात कुल बजेटको ५१ दशमलव १२ प्रतिशत बजेट विनियोजन गरेको छ ।