२४ वटा संशोधन गरेर आयो प्रहरी ऎन

प्रहरी भर्ना गर्ने बाटो खुल्यो
बाग्मती खबर
४ श्रावण २०७७, आईतवार २२:४५

हेटौंडा : आइतबार प्रदेशसभा बैठकमा आन्तरिक मामिला मन्त्री शालिकराम जम्कटेलले प्रदेश मामिला समितिको प्रतिवेदनसहितको प्रदेश सेवा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरेका थिए। विधेयक पारित भएसगै बागमती प्रदेश सरकारलाई प्रदेश प्रहरी स्थापनाको प्रक्रिया अघि बढाउन बाटो खुलेको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले बनाएको विधेयकमा बागमती प्रदेश मामिला समितिले लामो छलफल पछि प्रतिवेदन तयार गरेको हो।
प्रतिवेदन अनुसार समितिमा मन्त्रालयबाट आएको विधेयकमा २४ बुँदामा संशोधन भएको थियो। उक्त प्रतिवेदन अनुसार अब बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिन सक्नेछ।