मकवानपुरमा बाढी पहिरो : फाखेलमा घर पुरियो

हेटौंडा ५ मा डुबानको डर
बाग्मती खबर
५ श्रावण २०७७, सोमबार १०:५४

राति देखि परेको अविरल वर्षाका कारण मकवानपुरमा क्षति हुन सुरु भएको छ । आइतबार राती देखि भएको वर्षाको कारण  फाखेलमा  एक घर  पहिरोले पुरेको छ।  यस्तै हेटौंडा उपमहानगरपालिका नम्बरको पिप्ले क्षेत्रमा डुबानको डर बढेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

फाखेलमा भने  राकस खोला देखि माथीतिर पहिरोले  दिपक कुमार  मोक्तानको घर पुरिएको तर मानवीय क्षति नभएको प्रहरीले जनाएको छ ।