उद्योग, वन मन्त्रालयमा कार्यसम्पादन सम्झौता

बाग्मती खबर
७ श्रावण २०७७, बुधबार १७:४८

हेटौंडाः बागमती प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव र मन्त्री विच कार्यसम्पादन करार सम्झौता भएको छ । मन्त्री अरुण नेपाल र मन्त्रालयका सचिव शिव वाग्ले सम्झौता भएको हो ।
यस्ते बुधबार नै सचिव र मन्त्रालय अन्तर्गत रहने दुई वटा निर्देशनालयका निर्देशकहरु विच सम्झौता भएको छ । सचिव वाग्ले र वन निर्देशक विद्यानाथ झा विच कार्यसम्पादन भएको छ भने सचिव वाग्ले र उद्योग निर्देशक कृष्ण दाहाल विच पनि सम्झौता भएको हो । सम्झौता पछि बोल्दै मन्त्री नेपालले समयमा नै काम सम्पन्न गर्न तथा लक्ष्य पुरा गर्नको लागि सम्झौता गरिएको बताए । उनले बजेटमा भएका कार्यक्रमहरु सम्पादन गर्नको लागि सम्झौता गरेको बताउँदै मन्त्रालयले दु्रत गतिमा काम गर्ने बताए । यस अघि मुख्यमन्त्री र मन्त्रीहरु विच साउन २ गते कार्यसम्पादन सम्झौता भएको थियो ।