मकवानपुरको कैलाशमा ६ वर्षिया बालिका बलात्कार

मकैबारीमा लगेर बलात्कार
बाग्मती खबर
८ श्रावण २०७७, बिहीबार १६:१७

हेटौंडाः मकवानपुरको कैलाश गाउँपालिकाकी एक बालिका बलात्कारमा परेकी छिन् ।
कैलाश गाउँपालिका ८ मा ६ बर्षीया एक बालिकालाई मकैबारीमा लगेर बलात्कार गरेको आरोपमा एक किशोर पक्राउ परेका छन् । स्थानीय १६ बर्षीय श्यामराज तामाङले साउन ४ गते बालिकालाई बलात्कार गरेको खुलेको हो । बालिका बिरामी परेपछि घटना सार्बजनिक भएको कैलाश गाउँपालिका ८ नं वडाध्यक्ष सूर्जबहादुर थिङले बताए । बलात्कार आरोपित श्यामराजलाई भार्ता प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको र अशक्त अबस्थामा रहेकी बालिकालाई पनि उद्दार गरी लगेको वडाध्यक्ष थिङले बताए ।