प्रमुख सचिव रायाको बिदाई

बाग्मती खबर
८ श्रावण २०७७, बिहीबार १९:५९

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले भर्खरै सरुवा हुनुभएका प्रमुख सचिव तोयम रायाको विदाई गर्नुभएको छ । बिहीबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले मायाको चिनो प्रदान गरेर उहाँको बिदाई गर्नुभएको हो ।
बिदाई कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले प्रमुख सचिब रायाको कार्यकालको प्रसंशा गर्नुभयो । आगामी दिनमा पनि प्रदेशको कार्यमा सहयोग जारी राख्न मुख्यमन्त्री पौडेलले आग्रह गर्नुभयो । करिब ११ महिना प्रमुख सचिब भएर काम गर्दा सचिब रायाको महत्वपूर्ण भूमिका रहेको उहाँको भनाई थियो ।
प्रमुख सचिव रायाले आगामी दिनमा पनि प्रदेश संग समन्वय गरिरहने प्रतिबद्धता ब्यक्त गर्नुभयो । प्रदेशको प्रमुख सचिब भएर जिम्मेवारी सम्हाल्न सहजता प्रदान गरेकोमा मुख्यमन्त्री पौडेल तथा प्रदेशका मन्त्रिहरु प्रति आभार ब्यक्त गर्नुभयो । यसैगरी प्रदेशका सम्पूर्ण कर्मचारीहरुको साथ र सहयोग रहेको भन्दै धन्यबाद दिनुभएको थियो । प्रमुख सचिब रायाको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको छ । बागमती प्रदेशको प्रमुख सचिबमा डा. मानबहादुर बिश्वकर्मा सरुवा भएर आउँदै हुनुहुन्छ ।