बागमती प्रदेश प्रहरीले पनि ग¥यो कार्यसम्पादन सम्झौता

बाग्मती खबर
११ श्रावण २०७७, आईतवार १२:३५

प्रदेशहरुमै पहिलो चोटी बागमती प्रदेश सरकारले कार्यसम्पादन सम्झौता गरेपछि बागमती प्रदेश प्रहरी कार्यालयले पनि सम्झौता गरेको छ । बागमती प्रदेश प्रहरी कार्यालयले आफू मातहतका निकायसँग कार्यसम्पादन सम्झौता गरेको छ।

बागमती प्रदेश प्रहरी प्रमुख बसन्त लामाले आफू मातहतका ३ वटा कार्यालयका प्रमुखहरु वीच कार्य सम्पादन सम्झौता भएको छ । बागमती प्रदेश प्रहरी तालिम केन्द्र, बागमती प्रदेश प्रहरी दंगा नियन्त्रण प्रहरी गण हेटौंडा र बागमती प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय रातोमाटेसंग कार्य सम्पादन सम्झौता भएको हो । यो संगै बागमती प्रदेश प्रहरी कार्यालयसंग कार्य सम्पादन सम्झौता गर्ने कार्यालय १४ वटा रहेका छन । बागमती प्रदेश प्रहरी कार्यालयले कार्य सम्पादन सम्झौता गर्नु पर्ने कार्यालय पनि १४ वटा नै रहेको छ ।

सार्वजनिक प्रशासनलाई जिम्मेवारीप्रति प्रतिवद्व, कानून कार्यान्वयनमा दृढ, प्रक्रियामा सरलीकरण र पारदर्शी एवम् नतिजामा उत्तरदायी वनाउन तोकिएको कार्य समय, पदीय अधिकारको सीमा र सोपानसंग आवद्व गर्दै समग्रतामा जनता र संगठन प्रति जवाफदेही वनाउन सुशासन कायम गर्न, प्रशासनमा नवप्रवर्तन र सिर्जनशीलता अभिवृद्वि गरी नेपाल प्रहरीको समग्र कार्यसम्पादनको स्तर वढाउन आन्तरिक क्षमता सुदृढ गर्ने कार्य सम्पादन सम्झौताको मुख्य उद्देश्य हुन।

विद्यमान सुरक्षा चुनौतीहरुको विश्‍लेषण गरी जनतालाई सुरक्षाको प्रत्याभूति दिन गुण्डागर्दी, तस्करी, ठगी, लागुऔषध ओसारपसार, मानव बेचबिखन लगायत अन्य अपराधहरुका साथै भ्रष्टाचारजन्य कृयाकलाप समेत हुन नदिने कार्य सम्पादन सम्झौताको मुख्य उद्देश्यमा समेटिएको छ। यस सम्झौताको अवधि एक वर्षको हुनेछ।