४५ दिनमै बन्यो भीमफेदीमा पुल

बाग्मती खबर
११ श्रावण २०७७, आईतवार १३:०३

हेटौंडाः मकवानपुरको भिमफेदी गाउँपालिकामा निर्माण सुरु भएको ४५ दिनमै झोलुङ्गे पुलको निर्माण सम्पन्न भएको हो । आईतबार गाउँपालिका अध्यक्ष हिदम लामाले पुलको झोलुङ्गे उद्घाटन गरेका हुन ।   गाउँपालिकाले गत आर्थिक वर्ष २०७७÷०७७ को २२ लाख बजेटमा पुल निर्माण गरेको हो ।

गाउँपालिकाले वडा नम्बर ३ र ४ जोड्ने गरी निर्माण भएको गाउँपालिका अध्यक्ष लामाले बताए ।  पुल उद्घाटन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष पार्वती राना र गाउँपालिकाका जनप्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।