“उस्ताद” जोशीको निधन

बाग्मती खबर
११ श्रावण २०७७, आईतवार १८:२७

हेटौंडा निवासी संगीतकार ‘उस्ताद’ भोला जोशीको निधन भएको छ । आज हेटौंडा–९ सिमेन्टरोडस्थित निवासमै ८० वर्षको उमेरमा निधन भएको हो । सेवानिवृत्त शिक्षक समेत रहेका जोशी लामो समयदेखि दम र सुगरको रोगी हुनुहुन्थ्यो ।

मकवानपुरमा संगितका धरोहर मानिने जोशीले हे मेरा मित्र हो म मरेर जाँदा आसु नझारी दिनु’, ‘बिस्र्यौ क्यारे खाएको कसम चाँदनी रातमा’, ‘हे मुर्ख मर्ने बेलामा सोँच यो जीवन भोली आउँदैन’ लगायतका लोकप्रिय गीतमा संगीत भरेका थिए । सांगितिक क्षेत्रमा जोशीको निधनले अपुरणीय क्षति पुगेको मकवानपुरे संगितकर्मीहरुले बताएका छन् ।