सोमबारमा हेटौंडाका भक्तजन : गेट बाहिरबाटै दर्शन

बाग्मती खबर
१२ श्रावण २०७७, सोमबार १४:११

हेटौंडाः कोरोना भाईरसको कारण देशभरिका मठमन्दिरहरु खुलेका छैन । साउनको सोमबार हिन्दु धर्मालम्वीहरुको महत्वपुर्ण दिन मानिन्छ ।
सोमबार हेटौंडाका विभिन्न महादेवका मन्दिरहरुमा श्रद्धालुहरुको भीड लागेको थियो तर मन्दिर नखुल्दा भक्तजनहरुले गेट बाहिरबाट नै पुजा गर्न बाध्य भएका छन् । हेटौंडा ४ मा रहेको भुवनेश्र मन्दिर(पशुपतिनाथ)मा बिहानै भीडभाड भएता पनि गेट नखुलेपछि बाहिरबाट नै पुजा गरेका छन् । यस्तै हेटौंडाको गोरेक्षेश्वर, त्रीवेणीधाम, भीमफेदीको त्रिखण्डी, थाहा नगरको ऋषेश्वर लगायतको क्षेत्रमा साउनको सोमबार भीड लाग्ने गरेको छ ।