थाहा नगरमा पक्राउ परे १० जुवाडे(नाम सहित)

बाग्मती खबर
१३ श्रावण २०७७, मंगलवार १७:१७

हेटौंडाः मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ३ डाँडागाउ स्थित सुमन बिष्टले संचालन गर्दै आएको खाजा पसलमा तास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई ईलाका प्रहरी कार्यालय पालुङ मकवानपुरबाट टोलीलले खेलिरहेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा नगरपालिका वडा नं ३ का ४१ बर्षिय महेश खत्री, ३२ बर्षिय राजन रायमाझी, ३६ बर्षिय हिरेन्द्र कुमार रायमाझी, ३१ बर्षिय सुमन बिष्ट, वडा नं। ४ का ४२ बर्षिय कृष्ण राम कार्की, ३८ बर्षिय राम कुमार खत्री, २२ बर्षिय अनिल कार्की, ३२ बर्षिय अमर कुमार तामाङ, ३४ बर्षिय राम भक्त श्रेष्ठ, ३२ बर्षिय अमर कुमार तामाङ, वडा नं १ का ३४ बर्षिय राम भक्त श्रेष्ठ र सोही स्थानका २४ बर्षिय श्याम कृष्ण प्रधान रहेका छन् ।

उनीहरुको साथबाट नगद १८ हजार ७ सय ६६ नेपाली रुपैयाँ, ५ सय ८० भारतिय रुपैया र तास तिन बुक पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक इन्द्र बहादुर रानाले जानकारी दिए । उनीहरुलाई नियन्त्रणमा लिई थप आवश्यक अनुसन्धान भैरहेको रानाले बताए ।