परेवाभीरमा बाटो निर्माण हुन्छः इन्द्र वानियाँ

बाग्मती खबर
१४ श्रावण २०७७, बुधबार १८:०२

हेटौंडा : नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँले राक्सिराङ गाउँपालिकाको परेवाभीरमा कुनै पनि हालतमा बाटो बनाउने बताएका छन् । आज हेटौंडामा पत्रकार सम्मेलन गर्दे प्रदेश सरकारले बाटो नबनाए आफ्नो निजी खर्चमा भए पनि बाटो बनाउने दाबी गरेका हुन् ।
वानियाँकै निर्वाचन क्षेत्रमा पर्ने परेवाभीर हुँदै बागमती सरकारले बाटो नबनाउने मुख्यमन्त्री डोरमणि पौडेलले भनेपछि उक्त क्षेत्रका जनप्रतिनिधीहरुले बाटो बनाउनुपर्ने माग गर्दै आएका थिए । कागं्रेसको जिल्ला पार्टी कार्यालयमा भएको पत्रकार सम्मेलन गरेर नेता बानियाँले प्रदेश सरकारलाई पनि उक्त क्षेत्रमा बजेट हाल्नको लागि दबाब बढाउने बताएका छन् । पत्रकार सम्मेलनमा राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, उपाध्यक्ष निर्मला हिमडुङ, नेपाली कांग्रेसको क्षेत्री सभापति लोक मोक्तान लगायतको उपस्थिति रहेको थियो ।