मदन भण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको उपकुलपतिमा : जोशी

बाग्मती खबर
१४ श्रावण २०७७, बुधबार १८:२९

बागमती प्रदेश सरकारले मदनभण्डारी स्वास्थ्य बिज्ञान प्रतिष्ठानको उपकुलपतिमा प्राध्यापक डाक्टर बिश्वराजजोशी ९बीआर जोशी ० लाई नियुक्तगर्ने निर्णय गरेको छ ।
प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको प्रदेशको मन्त्री परीषदको बैठकले जोशीलाई ४ बर्षका लागि प्रदेशले स्थापना गरेको प्रतिष्ठानको उपकुलपति नियुक्त गर्ने निर्णय गरेको हो । यस अघिवीर अस्पतालमा नेसनल एकेडेमी अफ मेडिकल साईन्सको रजिस्ट्रार, वीर अस्पतालमा नै युरोलोजिष्ट प्रमुख समेत रहनुभएका जोशीले सन १९७४ माएमडी र १९८३ मा डाक्टर उपाधी हासिल गर्नुभएको थियो । उपकुलपति नियुक्ती संगै प्रतिष्ठान सञ्चालनका कार्यहरु अगाडि बढ्ने सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिनुभयो ।
यसैगरी प्रदेश बालअधिकार समितिमा पनि सदस्यहरू नियुक्त गरिएको छ । समितिमा झबिन्द्र ज्ञवाली, शान्ता बराल, शान्ति श्रेष्ठ, मिनाथापा र लक्ष्मी ढकाल मनोनीत गरिएको छ । उनीहरुको कार्यकाल ४ बर्षको हुनेछ ।
यसैगरी प्रदेश युवा परिषद नियमावली २०७७ स्वीकृत गर्ने निर्णय गरेको आर्थिक ढुङगेलले जानकारी दिनुभयो । यस्तै वैदेशिक सहयोग प्राप्ति र कर छुटकालागि संघिय सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ ।