प्रहरीलाई घुस दिन खोज्ने ४ पक्राउ

बाग्मती खबर
१५ श्रावण २०७७, बिहीबार १३:४७

मकवानपुर प्रहरीले आज प्रहरीलाई नै घुस दिन खोज्ने ४ जनालाई पक्राउ गरेको छ । आज हेटौंडा छिर्ने नाकाहरु रातोमाटेमा एक जना र नेवारीपानीमा ३ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा ना ७ ख ६२२४ नंम्बर आईचर ट्रकको चालक पर्सा जिल्ला विरगंजका ३३ वर्षिय को नसुरदिन अन्सारी, ना ४ च ८३९४नम्बर को पिकअप गाडीको चालक ।बारा जितपुर सिमराका १ को गुलाम अन्सारी यस्तै ना ६ ख ५६३६ नम्बर को ट्रकको चालक सिमराकै ३४ वर्षिय लाल अन्सारी र ना ६ ख ९४७ नंम्बर को ट्रकको चालक सर्लाही बरहथवा ९ मुर्तिया बस्ने बर्ष २३ को अरूण महतो रहेको जिल्ला प्रहरी कार्यालय मकपवानपपुरले जनाएको छ ।