४ भिजन सहित सपथ खाए उपकुलपति जोशीले

बाग्मती खबर
१६ श्रावण २०७७, शुक्रबार १७:३४

हेटौंडाः बागमती प्रदेशको पहिलो प्रतिष्ठानको रुपमा रहेको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिले सपथ लिएका छन् । बागमती प्रदेशका मुख्यमन्त्री तथा प्रतिष्ठानका कुलपति डोरमणि पौडेलले उपकुलपति डा.विश्वराज जोशीलाई पद तथा गोपनियताको सपथ खुवाएका हुन् ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. विश्वराज जोशीले बागमती प्रदेशको स्वास्थ्य क्षेत्रमा ठुलो परिवर्तनको महत्वकांक्षा सहित अनुसन्धान, सेवा, शिक्षा र वकालत गर्ने भन्दै सपथ खाएका हुन् ।