प्रदेशको राजधानी हेटौंडामा स्वास्थ्य क्षेत्रमा कायापलट हुँदै

बाग्मती खबर
१८ श्रावण २०७७, आईतवार १३:३५

 

बागमती प्रदेश देशकै राजधानी रहेको प्रदेश हुनाले देशको केन्द्र विन्दुको रुपमा रहेको छ । बागमती प्रदेशको राजधानी हेटौंडा भएको छ ।

बागमती प्रदेशको राजधानी हेटौंडा हुुँदा विशेषगरि हेटौंडा उपमहानगर, समग्र मकवानपुर क्षेत्रमा धेरै परिवर्तन हुँदै छ । लामो समय देखि जीर्ण बनेको हटियाको गौरिटार रंगशाला, यस्तै लामो समय देखि अड्केको नेपाल भारत मैत्री विश्व विद्यालयमा ठुलो संख्यामा प्राविधिक विषय पढाउने काम अगाडी बढि सकेको छ जसको लागि मुख्यमन्त्री पौडेलले चासो लिएर काम अगाडी बढाएका हुन् ।
देशकै पहिलो प्रादेशिक प्रतिष्ठानको रुपमा तथा बागमती प्रदेशको पहिलो प्रतिष्ठान मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले औपचारिकता पाएको छ ।
बागमती प्रदेशको राजधानी रहेको हेटौंडामा मुख्य समस्याको रुपमा रहेको स्वास्थ्य क्षेत्रमा बृहत सुधार भएर स्वास्थ्यको नै हब बन्न लागेको हो । बागमती प्रदेश सरकार आएपछि मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान गठन गरेर काम अगाडी सुरु गरेको हो । सरकारका अनुसार अब हेटौंडामै स्वास्थ्य क्षेत्रको अनुसन्धान, मेडिकल सेवा, चिकित्सा शिक्षा समेत पढाई हुने भएको छ । कुनैबेला रिफर सेन्टरको रुपमा रहेको हेटौंडा अस्पताललाई परिवर्तन गरेर ठुलो स्वास्थ्यको हब बनाउन बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेल लागेका हुन् ।

मुख्यमन्त्री डोरमणि पौडेलले प्रतिष्ठानले प्रदेश सरकारको औचित्य थप पुष्टि गर्ने दाबी गरे । उनले नेपालको स्वास्थ्य क्षेत्रमा योगदान प्रतिष्ठानले पु¥याउने भन्दै नेपालमै हेटौंडामा विशिष्ट खालको प्रयोगशाला र अनुसन्धान केन्द्र स्थापना गर्ने समेत बताए
बागमती प्रदेशमा देशकै धेरै स्वास्थ्य क्षेत्रहरु रहेकोले सरकारले योजनाबद्ध ढंगले काम गर्दा धेरै परिवर्तन हुन सक्ने बताएका छन् ।