हेटौंडामा कोरोनाको खतरा बढ्यो : सिता भवनमा सिल

कमाण्ड पोष्टले ग¥यो निर्णय
बाग्मती खबर
२१ श्रावण २०७७, बुधबार १२:२८

हेटौंडाः हेटौंडामा कोरोनाको जोखिम बढेको छ । हेटौंडा १० टिसिएन रोडमा रहेको सिता भवन आसपासमा कोरोना देखिएपछि अहिले उक्त भवन सिल गरिएको छ । आज विहान बसेको कमाण्ड पोष्ट मकवानपुरको वैठकले हेटौंडामा कोरोनाका जोखिम बढेको भन्दै अन्य निर्णय पनि गरेको छ ।
कमाण्ड पोष्टले गरेको निर्णयहरुमा रातोमाटे नाका पूर्णरुपमा कडाई गरिने, ढुवानी साधनमा पनि चालक र सहचालक बाहेक अन्य यात्रुहरु ओसार पसार गर्न पाईने छैन, सैलुन, ब्युटी पार्लर, हेल्थ क्लब र जुम्बालाई पूर्णरुपमा बन्द गरिने, होटलमा रेष्टुरेण्ट सञ्चालनमा निषेध गरिने, पैदल यात्रुहरुलाई पनि मास्क नलगाएको अवस्थामा १ सय जरिवाना लगाउने भएको छ ।