दोब्बर यात्रुः दोब्बर भाडा(भिडियो सहित)
मकवानपुर प्रशासन मौन

लामो समयको लकडाउन पछि सरकारले भौतिकदुरी कामय गरेर सवारी चलाउन सक्ने गरि निर्देशिका जारी गरेपछि जिल्ला भित्रका सार्वजनिक सवारीहरु चल्न थालेका छन् । तर निर्देशिका अनुसार सार्वजनिक सवारी चलाउँदा ५० प्रतिशत मात्रै यात्रु चढाउन पाइनेछ। आधा मात्रै यात्रु चढाउन पाउने भएपछि अहिले कायम भाडाको ५० प्रतिशत बढि लिन पाउने छन्।
निर्देशिकामा त्यो उल्लेख भएता पनि मकवानपुर प्रशासनले वेवास्ता गरेको छ । हृटौंडाबाट भीमफेदी, मनहरी, थाहा नगर जाने यातायातका सवारी साधनमा आधि मात्रै होईन क्षमता भन्दा पनि दोब्बर यात्रुहरु बोकेर हिड्ने गरेको पाइएको छ । तर प्रहरी चौकीहरुमा चालकहरुले ट्राफिक र प्रहरीलाई घुस दिएर जोखिम बढाउँदै यात्रु दोब्बर र भाडा पनि दोब्बर लिएर बोक्ने गरेका छन् ।
हेनुृस भिडियो