भुमी सम्बन्धी समस्या समाधान आयोगको सदस्यमा देबकोटा

बाग्मती खबर
२१ श्रावण २०७७, बुधबार १९:०५

हेटौंडा: बागमती प्रदेशको तर्फबाट भुमी सम्बन्धी समस्या समाधान आयोगको सदस्यमा केशब प्रसाद देबकोटालाई मनोनयन गर्ने निर्णय गरेको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकले आयोग गठन आदेश २०७६ बमोजिम प्रदेशको तर्फबाट देबकोटालाई नियुक्त गर्ने निर्णय गरेको हो ।
यसैगरी बैठकले संगठन तथा ब्यबस्थापन सर्बेक्षण उच्चस्तरीय समिति गठन गर्ने, प्रदेश सञ्चार माध्यम ब्यबस्थापन (पहिलो संसोधन) नियमावली २०७७ ,यस्तै प्रदेश दुग्ध बिकास बोर्ड ( पहिलो संसोधन) विनियमावली २००७७ समेत स्विकृत गरेको गर्ने पनि निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेलले जानकारी दिनुभयो ।