असुरक्षित बन्दै हेटौंडा, प्रहरीलाई नै देखिन थाल्यो कोरोना

बाग्मती खबर
२२ श्रावण २०७७, बिहीबार १८:३९

हेटौंडा : कोरोनाको कारण पछिल्लो समय हेेेटौंडा असुुुरक्षित हुुुँदै गएको छ ।
पछिल्लो तीननमा सदरमुकामहेटौँडा सहित मकवानपुरका गाउँपालिकामा गरि १० जनामा संक्रमण पुष्टि भैसकेको छ । गत मंगलबार हेटौँडाका २ जना तथा थाहानगरपालिकाको १ जना संक्रमित भए । त्यसैगरी बुधबार हेटौँडाका ३ जना तथा मकवानपुरगढीको एकजना संक्रमित हुँदा हेटौंडाकै दुईजना संक्रमित भएका छन् भने मकवानपुरगढीका १ जनामा संक्रमण पुष्टि भएको छ ।
हेटौंडा उपमहानगरपालिकाको एक प्रहरी चौकी शिल भएको छ । हेटौंडा १७ मा रहेको अस्थायी प्रहरी चौकीमा कार्यरत एकजना प्रहरीलाई कोरोना पोजेटिभ भएपछि उक्त प्रहरी चौकीलाई शिल गरिएको हो ।
प्रहरी चौकिमा कार्यरत सातजना प्रहरी मध्ये एकजनामा कोरोना भाईरस संक्रमण पुष्टि भएपछि उनलाई कोरोना आइसोलोसन वार्डमा पठाईएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी इन्द्रबहादुर रानाले बताए । अन्य प्रहरीलाई समेत सेल्फ क्वारेन्टाईनमा बस्न भनिएको उनको भनाई रहेको छ । यस्तै हेटौंडाको चुरेहिल अस्पतालमा उपचार भएका एक जनालाई कोरोना पुष्टि भएपछि उक्त अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरु पनि क्वारेन्टाईनमा बसेका छन् ।