भयावह बन्दै कोरोना ! २४ घण्टामा १२१ बढ्यो बागमतीमा

बाग्मती खबर
२३ श्रावण २०७७, शुक्रबार १९:२१

हेटौंडा : कोरोना भाईरस (कोभिड१९) को संक्रमण दर दिनानुदिन बढिरहेको छ । स्थिति भयावह हुँदै गईरहेको तथ्यांकहरुले देखाईरहेको छ । बागमती प्रदेशमा पछिल्लो २४ घण्टामा एक सय २१ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जारी गरेको दैनिक प्रतिवेदनमा काठमाडौं जिल्लामा ९२ जना, ललितपुर जिल्लामा १० जना, नुवाकोट जिल्लामा ८ जना, मकवानपुरमा ६ जना, भक्तपुरमा १ जना गरी कुल एक सय २१ जना नयाँ संक्रमित पहिचान भएको जनाइएको छ ।