हेटौंडाको टोल टोलमा कोरोना, एकैदिन २३ जना थपियो

हेटौंडाः कोरोना भाईरस हेटौंडाको समुदाय स्तरमा कोरोना फैलिएको छ । हेटौंडा उपमहानगरपालिका ४ सहित मकवानपुरमा एकै दिन थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा एकै दिन यति धेरै जनामा कोरोना संक्रमण पुष्टि भएको पहिलो पटक हो । कोरोना संक्रमण पुष्टि भएकामा १७ जना पुरुष र अरु ६ जना महिला रहेका छन् ।
पुरुष मध्यमा चार जना नेपाल प्रहरीमा कार्यरत समेत रहेका छन् । मकवानपुरमा एकै पटक धेरै जनामा कोरोना संक्रमण देखिएको यो पहिलो पटक रहेको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला चौलागाईले जानकारी दिए । आज संक्रमित देखिएका मध्य हेटौंडाका १६ जना र अरु तीन गाउँपालिकामा दुईजनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए ।
कोरोना संक्रमित हुनेहरुमा हेटौंडा २ का एक जना, हेटौंडा ४ का ४ जना, हेटौंडा ५ का ४ जना, हेटौंडा ६ का एक जना हेटौंडा ११ का २ जना छन् थानाभ¥याङमा कार्यरत मजदुरको घर विराटनगर भएपनि काम भने यहाँ नै गर्दै आएका छन् । हेटौंडा १३ का एक एक जना, हेटौंडा ९ का ३ जना, भीमफेदी गाउँपालिकाका एक जना, मकवानपुर गढीका १ जना, बकैयाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए ।