मकवानपुर प्रशासनको चरम लापरबाहीले कोरोना जोखिम बढ्यो

बाग्मती खबर
२५ श्रावण २०७७, आईतवार १७:१६

हेटौंडाः मकवानपुरमा एक्कासी ठुलो संख्यामा कोरोना संक्रमणको दर बढ्नुमा प्रशासनले कमजोर नीति लिएको कारण देखिन्छ । कमाण्ड पोष्टको वैठकले चुरिया नाकामा कडाई गरेपनि जिल्ला भित्रको भीड नियन्त्रण गर्न सकेको छैन । जिल्ला प्रशासन कार्यालय मकवानपुर मै सामाजिक दुरी कायम नगरि सेवा दिईरहेको कारण कोरोनाको जोखिम उच्च भएको छ । आईतबार २३ जना देखिएकै बेला जिल्ला प्रशासन कार्यालयमा नागरिकता वितरणको ठुलो लाईन भएता पनि प्रमुख जिल्ला अधिकारीले कुनै चासो देखाएनन् । प्रमुख जिल्ला अधिकारी दिपक राज नेपालले कोरोना नियन्त्रणको लागि काम गरिरहेको बताएता पनि कार्यान्वयन भने हुन सकेको छैन ।