हेटौंडा र मनहरीमा सोमबार रातीबाट निषेधाज्ञा

हेटौंडा : सोमबार राति १२ बजेदेखि लागू हुनेगरी साउन ३२ गतेसम्म मकवानपुरको हेटौंडा उपमहानगरपालिका र मनहरी बजारमा निषेधाज्ञा हुनेभएको छ । मकवानपुरको कमाण्ड पोस्टको आइतबार साँझ भएको बैठकबाट निर्णय गरिएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालले जानकारी दिए।
बैठकमा आइतबार बिहानैबाट निषेधाज्ञा गर्नेबारे छलफल भए पनि त्यसबाट आम सर्वसाधारणमा ठूलो असर पुग्नसक्ने भन्दै सोमबार रातिदेखि निषेधाज्ञा गर्ने निर्णय गरिएको नेपालले बताए। हेटौंडा र मनहरी क्षेत्रबाहेकका क्षेत्रमा के गर्ने भन्नेबारे निर्णय भएको छैन।