नगर खेलकुद विकास समितिमा चन्द्र शाही

बाग्मती खबर
२६ श्रावण २०७७, सोमबार १७:२०

हेटौंडा : हेटौंडा उपमहानगरपालिका खेलकुद विकास समितिको अध्यक्षमा हेटौंडा उपमहानगरपालिका २ का चन्द्र शाही मनोनित भएका छन् । हेटौंडा उपमहानगरपालिकाका नगर खेलकुद विकास ऐन,२०७७ को दफा ३ को उपदफा २ क मा भएको व्यवस्था अनुसार नगर खेलकुद विकास समितिको अध्यक्षमा नियुक्ती दिइएको मेयर हरिबहादुर महतले जानकारी दिएका छन् । आईतबार बसेको नगर प्रमुखको वैठकबाट अध्यक्षको लागि निर्णय भएको हो । शाही खेलकुद र युवा राजनीतिमा सक्रिय छन् ।