निषेधाज्ञामा यस्तो देखियो हेटौंडा (फोटो फिचर)

जोन पहाडी
२७ श्रावण २०७७, मंगलवार १८:०३

बागमती प्रदेशको राजधानी हेटौंडामा निषेधाज्ञा जारी छ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमितको संख्या बढेपछि सोमबार राती १२ बजेदेखि लागू गरिएको हो ।
निषेधाज्ञा जारी भएपछि हेटौंडा बजार सुनसान देखिएको छ । सङ्क्रमितको संख्या ह्वात्तै बढेसँगै जिल्ला सुरक्षा समितिले सोमबार रातीदेखि साउन ३२ गते राती १२ बजेसम्मका लागि हेटौंडा उपमहानगरक्षेत्रसहित मनहरी गाउँपालिकामा पूर्वपश्चिम राजमार्ग क्षेत्रको दायाँबायाँ ५५ सय मिटरक्षेत्रमा निषेधाज्ञा लागू गर्ने निर्णय गरेको थियो ।