कोरोनाले मकवानपुरको स्थिती भयावह बन्दै : १० प्रहरी सहित ३७ जना थपिए  

बाग्मती खबर
२९ श्रावण २०७७, बिहीबार ११:४१

 

हेटौंडाः कोरोना भाईरसको कारण हेटौंडाको स्थिती भयावह भएको छ । मकवानपुर जिल्लामा मात्र सोमबार र मंगलबारको स्वाबमा १० प्रहरी सहित ३७ जनालाई कोरोना पुष्टि भएको छ । बिहीबार हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोमबार र मंगलबार संकलन गरिएको स्वाब परीक्षण गर्दा दस जना प्रहरीसहित ३७ जनामा कोरोना देखिएको हेटौंडा–४, कर्राको आइसोलेसन वार्ड इञ्चार्ज भोला चौलागाईंले जानकारी दिए । चौलागाईंका अनुसार संक्रमित हुनेमा हेटौंडा–९ का ७ जना, हेटौंडा–५ का ४ जना, हेटौंडा–४ का ४ जना, हेटौंडा–२ का १, १० का १ र १३ का १ गरी उपमहानगरभित्र १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसैगरी, भीमफेदी गाउँपालिकामा ३, थाहा नगरपालिका २, बकैया गाउँपालिका २, चितवन ठेगाना भएका १, काठमाडौं ठेगाना भएका १ र १० जना प्रहरी गरी १९ जनामा कोरोना संक्रमण देखिएको चौलागाईंले बताए ।