तीन ताप्केमा अटो र ट्रक ठोक्किँदा ३ गम्भिर घाईते, चुरेहिल ल्याउँदै

बाग्मती खबर
२९ श्रावण २०७७, बिहीबार १२:०९

हेटौंडाः पुर्व पश्चिम राजमार्गको तीन ताप्केमा अटो र ट्रक ठोक्किँदा तीन जना गम्भिर घाईते भएका छन् । उनीहरुलाई हेटौंडाको चुरेहिल अस्पतालमा ल्याईँदै गरेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर रानाले जानकारी दिएका छन् । घटना बारे थप जानकारी आउन बाँकी छ ।