तिनताप्केको भयानक दुर्घटना : दुईको मृत्यु

बाग्मती खबर
२९ श्रावण २०७७, बिहीबार १२:३२

हेटौंडाः पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा उपमहानगरपालिकाको तीनताप्के खण्डमा ट्रक र अटो आपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ ।
दुर्घटनामा परी अटोमा सवार दुईजनाको मृत्यु भएको र एकजना गम्भीर रहेको प्रहरीले जनाएको छ । गम्भिर घाईते हेटौंडाको चुरेहिलमा उपचारको लागि ल्याउँद गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हेटौंडाबाट नारायणगढतर्फ जाँदै गरेको ना ६ ख १६११ नम्बरको ट्रक र बस्तीपुरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको अटो आपसमा ठोक्किएको हो ।