भदौ २६ गतेबाट ब्यवसाय सञ्चालनको समयअवधि बढाईने

हेटौँडा :- हेटौँडा उपमहानगरपालिका क्षेत्रमा ब्यवसाय सञ्चालनको समयअवधि बढाईने भएको छ। भदौ १५ पछि २५ गतेसम्मको विहान १० बजेसम्म मात्र हेटौँडामा ब्यवसाय सञ्चालन गर्न दिने आदेश अब थप परिमार्जन भई भदौ २६ गतेबाट बिहान देखि कम्तिमा ३ बजेसम्म स्वास्थ्य सावधानी अपनाएर बजार ब्यवसाय खोल्ने समय दिईने विषयमा छलफल भएको हो। भाद्र २२ गते बसेको कमाण्ड पोष्टको बैठकले उक्त विषयमा छलफल गरेको हो। २६ गतेबाट केन्द्र सरकारले बन्द गरेका शिक्षा क्षेत्र, शैलुन, ब्युटिपार्लर, खेलकुदका गतिविधि लगाएतको क्रियाकलाप भने बन्दनै हुने बताईएको छ ।