रसियाले कोभिड १९ भ्याक्सिन (स्पुतनिक भि) को पहिलो ब्याच जारी गर्यो

कोभिड १९ बिरूद्ध स्पुतनिक भि खोपको पहिलो ब्याच, रसियाको गमलेया नेशनल रिसर्च सेन्टर एपिडेमिलोजी एण्ड माइक्रोबायोलॉजी र रूसी प्रत्यक्ष लगानी कोष (आरडीआईएफ) द्वारा विकसित गरीएको छ। रसियन स्वास्थ्य मन्त्रालय को जानकारी अनुसार क्षेत्रीय वितरण निकट भविष्यमा योजना बनाईएको छ ।
“रसियाको स्वास्थ्य मन्त्रालयको महामारी विज्ञान र माइक्रोबायोलोजीको गमलेया राष्ट्रिय अनुसन्धान केन्द्रले विकास गरेको नयाँ कोरोनाभाइरस संक्रमण रोकथामका लागि ‘गाम-कोभिड-भ्याक्स’ [स्पुतनिक भि] भ्याक्सिनको पहिलो ब्याच आवश्यक मापदण्ड पार गरिसकेको छ। रोस्राद्रवनादजोर [मेडिकल उपकरण रेगुलेटर] को प्रयोगशालाहरुमा गुणस्तर परीक्षण गरी सिभिल सर्कुलेशनमा जारी गरिएको छ, ”मन्त्रालयले एक विज्ञप्तिमा भनेको छ।
रसियन स्वास्थ्य मन्त्रालयले कोभिड १९ बिरूद्ध पहिलो खोप अगस्त ११ मा स्पुतनिक भि नाम दर्ता गरेको थियो।
स्वास्थ्य मन्त्रालयका अनुसार रूसी भ्याक्सिनको पहिलो ब्याच निकट भविष्यमा देशको बिभिन्न क्षेत्रहरूमा पुर्याउने योजना छ।