किर्ते नागरिकता वनाएको आरोपमा हेटौडाका बिके बोस पक्राउ

नक्कली नागरिताको आधारमा नारायणी मिल्क प्रालि संचालन
बाग्मती खबर
२३ भाद्र २०७७, मंगलवार १६:३१

हेटौडा:- नक्कली कागजपत्र पेस गरी नेपाली नागरिकता लिएको आरोपमा हेटौँडाका एक भारतीय मुलका उद्योगी बिके वोस( बिप्लव कान्ति बोस)लाइ प्रहरीले पक्राउ गरेको छ ।

नक्कली कागजपत्र बनाई नागरिकता लिएको आरोपमा हेटौँडाका उद्योगी विप्लवकान्ती बोस (बिके)लाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले मंगलबार हेटौँडा– ५ गर्दोईस्थित उनको उद्योग नारायणी मिल्क्स प्रालिबाट पक्राउ गरेको हो ।
५९ वर्षीय बोसले नक्कली कागजपत्र बनाई नागरिकता लिएको आरोपमा जिल्ला प्रहरी कार्यालय रौतहटले हेटौँडाबाट पक्राउ गर्न मकवानपुर प्रहरीलाई आग्रह गरेअनुसार नियन्त्रणमा लिइएको मकवानपुरका प्रहरी उपरिक्षक शुसिलसिह राठौरले वताउनु भयो ।

किर्ते अभियोग लागेका बोस परिवार

बोसलाई जिल्ला प्रहरी कार्यालय रौतहटलाई बुझाइने र जिल्ला अदालत रौतहटमै मुद्दा चलाइने वतार्ईएको छ
बोसविरुद्ध रौतहट प्रहरीमा उजुरी दर्तापछि प्रहरीले पक्राउ प्रक्रिया अघि बढाएको थियो ।

‘मुद्दा दायरसँगै थप अनुसन्धान रौतहटबाटै हुनेछ,’ रानाले भने, ‘यहाँबाट पक्राउ गरी पठाउन मात्र अनुरोध भएकोले सोहीअनुसार पक्राउ गरिएको हो ।’

बोस हेटौँडा औद्योगिक क्षेत्रभित्र सञ्चालित सुपर लेमिकोट्स प्रालिको व्यवस्थापक हुन् । उनले किर्ते गरेको नागरिकताको आधारमानै हेटौडा ४मा रहेको नारायणी मिल्क प्रालि खरिद गरि संचालन गर्दे आएका छन् । किर्ते नागरिकताको आधारमा छोरी माधवी बोसले हेटौडाको मेगा वैकमा शाखा प्रवन्धक छिन भने छोरा अभिषेक वोस व्याडमेन्टिनको राष्टिय खेलाडी पनि हुन । बोस उद्योग संघ हेटौँडाको यसअघि कार्यसमितिमा सदस्य थिए ।