रौतहट जिल्लावाट लिएका छन् बिके बोसले नागरिकता

हेटौडा :- नक्कली नागरिकता लिएको आरोपमा पक्राउ परेका भारतीय मुलका व्यापारी बिके वोस (विप्लव कान्ति बोस)ले रौतहट जिल्लाको वडहर्वा गाउपालिकावाट नागरिकता लिएको खुलेको छ ।
नक्कली कागजपत्र पेश गरि ०६३ साल चैत्र ६ गतेको मितिमा रौतहट जिल्लाको वडहर्वा गाउपालिका ५ नं वडावाट वुवाको नाम निखिल उल्लेख गरि नागरिकता लिएका हुन् ।उनले लिएको नागरिकतामा जन्मको आधारमा भनी उल्लेख गरिएको छ । उनले जन्म भएको ४७ वर्ष पछि नागरिकता लिनुले पनि किर्ते गरि नागरिकता लिएको पुष्टीहुने प्रहरीले जनाएको छ ।
जन्मको आधारमा नागरिकता लिन वुवा तथा आमा पनि लामो समयदेखि नेपाल वस्नु पर्ने भएपनि भारत वंगाल स्थाइ घर भएका बोस ०५५ साल ताका ग्लोवल राइटिग सिष्टममा ओभरसियरका रुपमा नेपाल आएका थिए । सो पछि सुपरलेमिकोट्स मा उधोग म्यानेजरका रुपमा कार्यरत रहदै आएका थिए । नेपाल आएपछि शुरुवाटनै हेटौडामा वसोवास गरेका बोस ०६३ सालमा भने रौतहट जिल्लावाट किर्ते कागजपत्र पेश गरि नागरिकता लिन सफल भएका थिए ।
उनको नागरिकताको आधारमा छोरा अभिशेक बोस तथा छोरी माधवी बोसले भने २०७० साल भदौ १४ गतेको मितिमा वंशजको आधारमा नागरिकता लिएका छन् । छोरा तथा छोरीको नागरिकता वंशजको आधारमा लिने कार्यमापनि किर्ते कागज पत्र प्रयोग भएको श्रोतको भनाइ छ ।
छोरी माधवी बोस हाल हेटौडाको मेधा वैकमा शाखा प्रवन्धक रुपमा कार्यरत छिन् भने छोरा अभिशेक भने आफ्नै उधोग नारायणी मिल्कमा कार्यरत रहदै आएका छन् । बिके वोसकै स्वामित्वमा रहेको उधोग पनि किर्ते नागरिकता भएपछि खरिद गरिएको हो ।
आफु रौतहट वडहर्वाकै स्थानीय भएको भ्रम छर्न उनले सो स्थानमा केही जग्गा पनि खरिद गरिएको वताइएको छ ।