मकवानपुरमा आजमात्रै ४६ जनामा कोरोना संक्रमण पुष्टि

संक्रमित मध्ये ३९ जना हेटौंडाका मात्रै
बाग्मती खबर
२४ भाद्र २०७७, बुधबार २०:०६

मकवानपुरमा आज वुधबार ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये ३९ जना हेटौंडाका मात्रै रहेकाछन् । सोमबार संकलनगरिएको एकसय १४६ जनाको नमूनाको परीक्षण ४६ जनामा संक्रमण देखिएको मकवानपुररका कोभिड फोकलपर्सन भोला चौलागाईले जानकारी दिनुभयो ।
आज कोरोना संक्रमण पुष्टिहुनेहरुमा ११ वर्षका बालकदेखि ७६ वर्षीय वृद्ध समेत रहेकाछन् । त्यस्तै संक्रमण पुष्टि हुनेहरुमा १८ महिला र २८ पुरुष रहेको चौलागाईले जानकारी दिनुभयो । कोभिड फोकलपर्सन भौलागाईका अनुसार यसअघि संक्रमण पुष्टिभई उपचाररत २२ जनाको पुनपरीक्षणमा संक्रमण कायमरहेको पाइएको छ । आज संक्रमण पुष्टि हुनेहरुमा हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ९ मा ८ जना, १० मा ८ जना, २ मा ५ जना, ४ मा ४ जना, ५ मा ५ जना, ११ मा ४ जना र १५ मा ३ जना र १४ मा १ जना , मनहरीमा ४ जना, थाहानगरमा २ जना र राक्सिराङमा १ जना रहेको चौलागाईले बताउनुभयो ।