मकवानपुरमा आज एकैदिन ५१ जना कोरोना संक्रमित थपिए

हेटौंडामा मात्रै ४२ जना थपिए
बाग्मती खबर
२५ भाद्र २०७७, बिहीबार २०:०७

मकवानपुरमा आज एकैदिन ५१ जना कोरोना संक्रमित थपिएकाछन् । गत २२, २३ र २४ गते संकलनगरिएको एकसय ४६ जनाको नमूना परीक्षणमा ५१ जना नयाँ र संक्रमितभई उपचाररत १२ जनामा संक्रमण पुष्टि भएको मकवानपुरका कोभिड फोकलपर्सन भोला चौलागाईले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य ८३ जनामा संक्रमण पाइएन ।
आज संक्रमण पुष्टिहुनेहरुमा एकजना ११ वर्षीय बालक रहेकाछन् भने ६० वर्ष भन्दा माथिका ४ जना रहेकाछन् । संक्रमितमध्ये हेटौंडाका मात्रै ४२ जना रहेकाछन् ।