हेटौंडामा कोरोना संक्रमणको नयाँ रेकर्ड , एकैदिन ९५जनामा संक्रमण पुष्टि

बाग्मती खबर
२६ भाद्र २०७७, शुक्रबार २०:१०

वाग्मती प्रदेशको राजधानीसमेत रहेको मकवानपुरको हेटौंडामा आज एकैदिन ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना महामारी शुरुभएपछिको एकैदिन संक्रमण पुष्टि भएको यो सबैभन्दा ठूलो संख्या हो । गत २४ र २५ गते संकलन गरिएको नमूनाको परीक्षणमा हेटौंडाका ९५ सहित मनहरीका दुई र मकवानपुरगढीका एकजनामा समेत संक्रमण पुष्टि भएको जिल्लाका कोभिड १९ फोकलपर्सन भोला चौलागाईले जानकारी दिनुभयो ।