परेवाभिरको बाटो बिना अध्ययन बन्छ वा बन्दैन भन्न सकिदैन, मन्त्री फुयाल

बाग्मती खबर
२७ भाद्र २०७७, शनिबार १७:५१

वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयालले परेवाभिरको बाटो बिना अध्ययन बन्छ वा बन्दैन भन्ननसकिने बताउनुभएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिकालाई मनहरीसंग जोड्न परेवाभिरबाटै बाटो निर्माण सम्बन्धमा आज हेटौंडामा भएको भर्चुअल अन्तःक्रिया कार्यक्रममा बोल्दै मन्त्री फुयालले जनताको जीउधनको सुरक्षाको ग्यारेन्टी हुने अवस्था तथा प्रशस्त प्राविधिक अध्ययनपछि मात्रै उक्तभिरबाटै बाटो बन्छ वा बन्दैन भन्न सकिने बताउनुभयो । भूगर्वविद र प्राविधिक अध्ययनको निष्कर्षपछि मात्रै प्रदेश सरकारले कसरी यो बाटोको निर्माणमा सहयोग गर्ने भन्न सकिने उहाँको भनाई थियो । मन्त्री फुयालले प्रदेश सरकारले स्थानीय र केन्द्र सरकारसँग समन्वय गरेरमात्रै काम गर्न चाहेको बताउनुभयो ।